कोशी अस्पतालमा उपचाररत थप १० जनाले जिते कोरोना

प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन्। शुक्रबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका ४ महिलासहित १० जना कोरोना जितेर डिस्चार्ज भएका हुन्।

कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावका अनुसार डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३/३ जना तथा उदयपुर र मोरङका २/२ जना छन्। 

डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन्। उनीहरु २१ जेठदेखि २५ जेठसम्मको अवधीमा अस्पतालमा भर्ना भएका थिए।

१० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ। प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ छ।

प्रकाशित मिति: : 2020-06-20 07:00:14

प्रतिकृया दिनुहोस्