ट्रम्पले पाए चुनावी र्‍यालीका लागि अदालतबाट स्वीकृति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍यालीका लागि अदालतको तर्फबाट स्वीकृति पाएका छन्। ट्रम्पले शनिबार ब्यांक अफ ओक्लोहोमा सेन्टरमा चुनावी र्‍याली गर्दै छन्।

कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्‍याली रोक्न माग गरी मुद्दा दायर भएको थियो। त्यसमा सुनुवाई गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्‍यालीका लागि अनुमति दिएकाे हाे। 

ट्रम्पको चुनावी अभियानले र्‍यालीमा सहभागी हुनका लागि १० लाख भन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको बताएको छ। त्यहाँको क्षमता १९ हजार मानिस अट्ने रहेको छ।

कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा रहेको छ।

राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्प चुनावी मैदानमा छन्। आगामी नोभेम्बरमा हुने चुनावमा उनले सामना डेमोक्रेटिक पार्टीका नेता जोय बाइडेनसँग हुँदैछ।

ट्रम्पले आफ्नो चुनावी र्‍याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन्।

तर ट्रम्पले कोरोना संक्रमणका लागि कस्तो प्रकारको सावधानी अपनाइन्छ भन्ने बारेमा केही बताएका छैनन्।

प्रकाशित मिति: : 2020-06-20 06:36:56

प्रतिकृया दिनुहोस्