नेपाल वायुसेवा निगमको २० जुनमा कुवेत–काठमाडौं सेक्टरका लागि तय गरिएको उद्धार उडान स्थगन भएको छ।
उडान तालिका अनुसार २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने जनाइएको थियो।
तर कुवेत स्थित नेपाली दूतावासबाट अनुरोध भए बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उडान स्थगन गरिएको निगमले जनाएको छ।
तर साइप्रस र क्वालालम्पुरमा भने उडान हुनेछ।
भोलि नै हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । यस्तै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ।