कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमित भए डिस्चार्ज

 कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

थपिएका संक्रमितमध्ये सुर्खेतको भेरीगंगा नगरपालिकाका वडा नं. १, २, ६, ८ र ११ का एकमहिलासहित ६ जना रहेका छन्। दैलेखको भैरवी गाउँपालिकका वडा नं. २ का दुईजना पुरुष र जाजरकोटको छेडागाड नगरपालिका-४ का एकजना पुरुष रहेका छन्।

योसँगै कर्णालीमा संक्रमितको संख्या १२३३ पुगेको छ।

शुक्रबार मेहेलकुना अस्पताल सुर्खेतबाट एक, कालीकोट जिल्ला अस्पतालबाट दुईजना डिस्चार्ज भएका छन्। योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५०८ पुगेको छ।

कर्णालीमा ४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-19 17:13:08

प्रतिकृया दिनुहोस्