बङ्गलादेशमा कोराेना संक्रमित एक लाखभन्दा बढी, १३८८ को मृत्यु

बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि हुने विरामीको संख्या तीन हजार २४३ पुगेको छ । बङ्गलादेशमा अघिल्लो दिन कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या तीन हजार ८०३ रहेको थियो । 

पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ संक्रमितको संख्या एक लाख पाँच हजार ५३५ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार ३८८ पुगेको छ।

विगत २४ घण्टामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या तीन हजार २४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी संक्रमितको मृत्यु भएको छ। 

बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ संक्रमण परीक्षण गरिएको थियो ।

यो समयमा दुई हजार ७४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको संख्या ४२ हजार ९४५ पुगेको छ । 

प्रकाशित मिति: : 2020-06-19 16:50:51

प्रतिकृया दिनुहोस्