चितवनमा २ कोरोना संक्रमित वृद्ध दम्पति निको भएर घर फर्किएका छन्।
भरतपुर अस्पताल अस्पतालको आइसोलेसनबाट भरतपुर महानगरपालिका ६ का ७३ र ७४ वर्षका दम्पति झण्डै १ महिना पछि डिस्चार्ज भएका हुन्।
फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो। तर संक्रमति वृद्धवृद्धाका छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन्।
भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलका अनुसार ७४ बर्षका वृद्ध फोक्सोको क्यान्सरबाट पीडित थिए। साथै उनकी श्रीमतीमा सुगर, प्रेसर, वाथको समस्या थियो।