नेपाल पत्रकार महासंघकी संस्थापक सदस्य स्व. विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारिता पुरस्कार २०७७ बाट बिएलकर्मी बिमला गुप्ता पुरस्कृत भएकी छन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखामा शुक्रबार आयोजित एक कार्यक्रमबिच १२ हजार पुरस्कार राशीको ‘विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार-२०७७’ बिएल नेपाली सेवाकी २ नम्बर प्रदेश संवाददाता विमला गुप्तालाई दिइएको हो।
वीरगन्जमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएकी गुप्तालाई पुरस्कार छनोट समितिले बिहिबार छनोट गरेको थियो।
पत्रकार गुप्तालाई सम्मान पत्रसहित पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी गराए।