भारतमा एकै दिन १४ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन्।
बिहीबार १४ हजार ५२ नयाँ संक्रमित भेटिएका हुन्। त्यससँगै भारतमा संक्रमितको संख्या ३ लाख ८१ हजारभन्दा बढी पुगेको छ। बुधबार भारतमा १३ हजार २ सय १९ जना संक्रमित भेटिएका थिए।
महाराष्ट्र र दिल्लीमा एकै दिन सर्वाधिक संक्रमित थपिएका छन्। महाराष्ट्रमा ३ हजार ७ सय ५२ र राजधानी दिल्लीमा २ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो।
भारतीय राज्य उत्तर प्रदेशमा ६ सय ३० नयाँ संक्रमित भेटिएका छन्। आन्द्र प्रदेशमा ४ सय २५ र तेलङ्गानामा ३ सय ५२ जना नयाँ संक्रमित भेटिएका छन्।
बिहीबार ३ सय ४३ जना संक्रमितको मृत्यु भएको छ। यससहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६ सय २ पुगेको छ।
भारतमा कोरोना संक्रमण मुक्त भएका व्यक्तिको संख्या पनि २ लाख पार भएको छ।