नेदरल्याण्डमा महात्मा गान्धीको मुर्ति तोडफोड

अहिंसावादी नेता तथा भारतका संस्थापक महात्मा गान्धीको नेदरल्याण्डस्थित मुर्ति अज्ञात समूहले तोडफोड गरेको छ। 

अमेरिकामा अफ्रिकी–अमेरिकीमूलका युवा जर्ज फ्लोयडको प्रहरीद्धारा घाटी थिचेर बाटोमा हत्या गरिएपछि विश्वव्यापी रूपमा विभेदविरूद्ध आन्दोलन चलिरहेको बेला महात्मा गान्धीको मुर्ति तोडफोड भएको हो।

 नेदरल्याण्डको एम्सटरडममा चर्चिलकालीन महात्मा गान्धीको मुर्ति १ सय २१ औं जन्म दिवसको दिन २ अक्टुबर १९९० मा स्थापना गरिएको थियो। मुर्तिकार कारेल गोमेजले मुर्ति बनाएका थिए, जसको निधन २०१६ मा भएको थियो।

प्रकाशित मिति: : 2020-06-18 17:22:06

प्रतिकृया दिनुहोस्