पर्साका र रौतहटका ८ जना कोरोना संक्रमित बिहिबार निको भइ डिस्चार्ज भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालको आईसोलेशन वार्डबाट बिहिबार अपरान्ह पर्साका ७ जना र रौतहटका १ जना संक्रमित निको भइ डिस्चार्ज भएका हुन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार आईसोलेशनमा रहेका उनीहरूको लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएसँगै कोरोना मुक्त भएसगगै ६ जना पुरुष र २ जना महिलालाइ डिस्चार्ज गरिएको हो।
निको भएर घर फर्कनेमा पर्साको कालिकामाई गाउँपालीका वडा नं.२ का ४०, ३० ४५, र १६ वर्षिय पुरुष, गुलरिया २ का ३३ बर्षिय पुरुष, सखुइ जमुनीया २ का , सिर्सिया १० कि १५ बर्षीया बालीका र रौतहट राजदेवी पथरा १ कि ३६ बर्षीय महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिए।
निको हुने सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । जसमध्ये पर्साका ७ जनामा यहि जेठ २१ गते र रौतहटको एक महिलामा जेठ २२ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरीएको मेसु उपाध्यायले बताए।
सरकारको नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा राखेर घर पठाउन सकिने व्यवस्था गरेको छ। उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।
गण्डक कोभिड अस्पताललमा हालसम्म १०३ जना संक्रमित भर्ना गरिएकोमा ६१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।