कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदुरको मृत्यु भएको छ ।
बुधबार विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक नगरपालिका-१० सुकासालका २५ वर्षीय रोहित लुहार खसेका हुन्। उनकै साेही स्थानमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए ।