मुलुकको रक्षामा खटिएका सेनाको मनोबल गिराउने काम नगराैं: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको रक्षामा खटिएका नेपाली सेनाको मनोबल गिराउने काम नगर्न आग्रह गरेका छन्।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका निम्ति आवश्यक सामान खरिद गर्ने सेनालाई दिएको छ। यसमा व्यापक भ्रष्ट्रचार भएको र यसलाई लुकाउन सजिलो हुने भएका कारण सेनालाई सम्पूर्ण जिम्मेवारी दिएको भन्ने चर्चा चलिरहेको छ।

यसै बिषयमा सामाजिक संजालमा एक ट्विट गर्दै थापाले राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला सेना रहेको भन्दै यसमा विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट गर्न नहुने विचार प्रकट गरेका हुन्।

उनले लेखेका छन्,‘सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतः अनाबश्यक विवाद हुन्छ। तर कतैबाट सेनाको मनोबल गिराउने काम गर्नु हुँदैन।’

सेनालाई जीटूजीको जिम्मा दिएपछि सत्ताधारी दलकै कतिपय नेताहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन्।

यसैलाई खण्डन गर्दै थापाले नियमित काममा सेनालाई प्रयोग गर्न नहुने बताएका छन्। उनले भविष्यमा यस्तो गल्ति नदोहर्याउन सबैलाई सचेतसमेत गराएका छन्।

तर सेनालाई जीटूजीमार्फत् सामान किन्ने अधिकार दिइए पनि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र त्यस मातहतका समितिहरूको निचोडमा आधारित भएर खरिद गरिने गरेकाे छ।

यसमा सेना बढी हाबी भएपनि सम्पूर्ण निर्णष गर्ने अधिकार सरकारकाे रहेकाे रक्षामन्त्री पोखरेलले बताउँदै ऋएका छन्। यद्यपि सेनालाई यसकाे जिम्मेवारी दिएर नितिगत भ्रष्ट्रचारमा सरकार लागेकाे भन्दै आलाेचना हुने क्रम भने राेकिएकाे छैन्।

प्रकाशित मिति: : 2020-06-18 12:54:26

प्रतिकृया दिनुहोस्