एमसीसीबारे छलफल गर्न नेकपाले असार १० का लागि बोलायो स्थायी कमिटी बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक असार १० गते बोलाएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटपछि बैठक बोलाइएको नेकपा महासचिव विष्णु पौडेलले बताए।

यसअघि दुई पटक मिति तोकेर पनि स्थायी कमिटी बैठक स्थगित भएको थियो। पछिल्लो समय एमसीसीबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो। तर एमसीसी सम्झौता असारभित्र संसदबाट अनुमोदन गर्नुपर्ने दबावका कारण नेकपा समस्यामा परेको छ।

यता एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो।

कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्।
 

प्रकाशित मिति: : 2020-06-18 07:06:29

प्रतिकृया दिनुहोस्