भारत–चीन सीमा विवादः चीनले ‘थर्मल इमेजिङ ड्रोन’ बाट भारतीय सेनालाई ‘ट्रेस’ गरेको दावी  

चीनले ‘थर्मल इमेजिङ ड्रोन’ को सहयोगले भारतीय सेनालाई पहिले ‘ट्रेस’ गरेर, त्यसपछि आफ्नो सैनिक क्षमता बढाउँदै गलवान उपत्यकामा भारतीय सेनामाथि हमला गरेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। 

भारत–चीन युद्धः जहाँ गोली सकिएपछि नेपाली खुकुरी चम्कियाे

पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत–चीन सेनाबीच भएको भिड्न्तमा एक कर्नेलसहित २० भारतीय सैनिकको निधन भएको थियो। 

भारतीय न्युज एजेन्सी आइएएनएसको दावी अनुसार चिनियाँ सेनाले ड्रोनको सहयोगले भारतीय सेनाको अवस्था बुझेर आफूतर्फ ५ गुणा सेना बढाएको थियो। केही विशेष सुत्रलाई उध्रृत गर्दै भारतीय न्युज एजेन्सीले लेखेको छ, केही भारतीय सैनिकलाई अन्त्यसम्म चिनियाँ सेनाले टर्चर दिएको थियो। ‘चिनियाँ सेना जंगलीझै भारतीय सेनामाथि जाइलागेका थिए। केही भारतीय सैनिकको मुखभित्र बन्दुक छिराएर ज्यान नजादासम्म टर्चर दिइएको थियो,’ एजेन्सीले उल्लेख गरेको छ। 

चीनसँग युद्वको स्थितिमा भारतले बोलायो नेपालमा छुट्टिमा रहेका गोर्खा सैनिक

भारतीय सञ्चार माध्यमका अनुसार चिनियाँ सेनाले सबै खाले हतियार प्रयोग गरेका थिए तर भारतको तर्फबाट हतियार प्रयोग गरिएन। सोमबार राती दुबै सेनाबीच ८ घण्टा झगडा भएको थियो। चिनियाँ सेनाबाट मारिएका कर्नेल सन्तोष बाबु भारतीय सैनिक बोकेर विवादीत ठाउँबाट चिनियाँ सेना फर्किएकी फर्किएनन् भनेर हेर्न गएको बताइएको छ। यति बेलै चिनियाँ सेनाले घेरा हालेर मारेको भारतीय एजेन्सीको दावी छ। सोमबार साँझ ४ बजेदेखि झगडा सुरु भएर राती १२ बजे रोकिएको थियो।

प्रकाशित मिति: : 2020-06-17 23:38:24

प्रतिकृया दिनुहोस्