‘स्वतन्त्र मधेश’ देशकाे माग गर्ने सिके राउतले सर्वाेच्चबाट पाए सफाइ

जनमत पार्टीका संयोजक सिके राउतले राज्यविरुद्धको अपराधमा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

‘स्वतन्त्र मधेश’ देश बनाउने भन्दै विभिन्न गतिविधि गरेपछि सरकारले राउतसहित १७ जनाविरुद्ध विशेष अदालतमा राज्यविरुद्धको अपराध दर्ता गरेको थियो।

बुधबार न्यायाधीश मिरा खड्का र मनोजकुमार शर्माको इजलासले उक्त मुद्दामा प्रमाण नपुगेको भन्दै  विशेष अदालतले गरेको फैसला सदर गरेकाे हाे।

तराईंलाई छुट्टै देश बनाउने भन्दै अभियान चलाएपछि उनलाई सरकारले पटक–पटक पक्राउ गरी थुनामा राखेको थियो।

थुनामै राखिएको अवस्थामा २०७५ फागुन २४ गते राउतले सरकारसँग ११ बुँदे सहमति गरी छुट्टै देश बनाउने अभियान परित्याग गरेको घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2020-06-17 19:42:09

प्रतिकृया दिनुहोस्