बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा रहेका ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार डिस्चार्ज हुनेमा रुपन्देहीका ७ जना छन्।
यता सञ्चारकर्मीसहित कपिलवस्तुका २ जना छन् र नवलपरासी पश्चिमका २ जना छन्।
उनका अनुसार डिस्चार्ज हुनेमध्ये ५ जनाको आइसोलेसनमा राखिएपछि २ पटक गरिएको स्वाब परीक्षण नेगेटिभ आएको थियो।
६ जनाको भने दोस्रो रिपोर्ट आउन बाँकी छ। आइसोलेसनमा बसेको १७ दिनभन्दा बढी भएको र कुनै लक्षण नदेखिएकाले उनीहरुलाई पनि डिस्चार्ज गरिएको स्वास्थ्य महाशाखा प्रमुख सिंहले बताए।
उनका अनुसार थप एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने शर्तमा घर पठाएको छ।
अब आइसोलेसन सेन्टरमा अब २६ जना संक्रमित छन्।