कर्णाली प्रदेशमा बुधबार थप १८ जनामा कोरोना पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा कालीकोटका १४, दैलेखका २ र सुर्खेतका २ जनामा काेराेना पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
उनका अनुसार बुधबार पुष्टि भएका संक्रमितमध्ये कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ५ का दुई महिलासहित १४ जना रहेका छन।
सुर्खेतको वीरेन्द्र नगरपालिकाका ५, लेकबेसी नगरपालिका ३, दैलेखको भैरवी गाउँपालिका ७ र भगवतीमाई गाउँपालिका ७ का एक/एकजना पुरुष रहेका छन्।
योसँगै कर्णालीमा संक्रमतिकाे स्रख्या ११०४ पुगेको छ।
हालसम्म कर्णालीमा संक्रमितमध्ये ४९४ जना डिस्चार्ज भएका छन्।
बुधबार मात्रै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १०६, नारायण क्याम्पस र जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट ३ गरी १५२ जना डिस्चार्ज भएका छन्।