गाउँपालिकामा अपाङ्गता भएकालाई बाख्रा वितरण

तिला गाउँपालिका–९ का अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ।

 उनीहरुको आयआर्जनमा सुधार ल्याउनका लागि गाउँपालिकाले बाख्रा वितरण गरेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले जानकारी दिए। 

नौ अपाङ्गता भएका व्यक्तिलाई १८ बाख्रा वितरण गरिएको बताउदैं उनले भने, 'अपाङ्गता भएका व्यक्तिलाई जीवनयापन गर्न निकै असहज छ। 

 उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले आयआर्जनमा सुधार होस् भनेर बाख्रा वितरण गरिएको हो।' प्रति अपाङ्गता भएका व्यक्तिलाई दुई/दुई बाख्रा वितरण गरिएको उनको भनाइ छ। 
 
दलित विपन्नलाई सोलार वितरण 

सोही गाउँपालिकाको वडा नं का दलित परिवारले सोलार पाएका छन्। उनीहरुले २० वाटको सोलार पाएका हुन्। सापुल्ली र नुवाकोट गाउँका दलित परिवारले सोलार पाएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिए। 'सापुल्लीका ३२ र नुवाकोटका २८ दलित घरपरिवारले सोलार पाएका हुन्' उनले भने। 

वडा नं ४ मा १५० दलित घरपरिवार छन्। बाँकी ९० दलित घरपरिवारलाई केही दिनपछि सोलार वितरण गरिने छ। त्यो वडामा सापुल्ली, रावतवाडा र नुवाकोट गरी तीन गाउँ छन्। कूल घरपरिवार ४५० छन्। होम जेभी कम्पनीले सोलार वितरण गरेको  हो। वडाध्यक्ष शाहीका अनुसार जलविद्युत् आयोजना नभएका र अँध्यारोमा रात बिताइरहेका घरपरिवारलाई अनुदानमा सोलार उपलब्ध गरिएको हो।

घरमा सोलार पाएपछि बालबालिकालाई पठनपाठनमा सहज भइरहेको स्थानीयवासी बताउँछन्। जुम्लाको हिमा गाउँपालिका–४ का ६७ विपन्न घरपरिवारलाई २० वाटको सोलार अनुदानमा वितरण गरिएको थियो।

प्रकाशित मिति: : 2020-06-17 10:09:25

प्रतिकृया दिनुहोस्