रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। यस्तै याे झडपमा अन्य अन्य तीन जना घाइते भएकाे रूसी स्रोतले बताएको छ।
पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिका अनुसार स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको हाे।
विवाद आफन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ।
घटनामा १५ जनाको सहभागिता रहेको जनाइएकाे छ।
मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ।