गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार इस्मा गाउँपालिकाका ९, मालिका गाउँपालिकाका २, गुल्मी दरवार गाउँपालिकाका ४ र रेसुङ्गा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।
इस्मा गाउँपालिकामा १ देखि ४० वर्षका ९ जनामा संक्रमण देखा परेको छ। त्यस्तै मालिका गाउँपालिका ५ का १९ र २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ।
यस्तै गुल्मी दरवार गाउँपालिका २ का ३० र ३६ वर्षका तथा वडा ३ का ३८ र २१ वर्षका पुरुषमा संक्रमण देखा परेको छ। त्यस्तै रेसुङ्गा नगरपालिका–१० का २० वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ।
भारतबाट आएर क्वरेन्टाइनमा बसेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको प्रजिअ शर्माले बताए।
यससँगै गुल्मीमा संक्रमितको संख्या ४८ पुगेको छ।