नापी कार्यालय डिल्लीबजारका प्रमुख प्रशासकीय अधिकृत रधुविर कडेलसहित ५ जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले मंगलबार साँझ सामाखुशी चोकबाट ८ लाख नगद घुससहित ५ जनालाई पक्राउ गरेको हो।
एक व्यक्तिको जग्गा कित्ताकाट गर्ने बाहनामा कडेलले ४८ लाख नगद मागेको आयोगले जनाएको छ।