भारत हिँडेकी सांसद गिरीलाई सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदियाे

भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन्।

सीमाबन्दीकै बीच उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन्।  

सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीले जानकारी दिए।  

‘भारतले ठाडीबाट आफ्नो देश छिर्न नाका खुलाएको छैन,’ उनले भने,‘ त्यसैले अनुमती पाएको ठाउँबाट जानुस् भनेर फर्काएका हौँ।’

सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ।

संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी हाल गृहजिल्ला सिराहामा छिन्।

प्रकाशित मिति: : 2020-06-16 17:54:25

प्रतिकृया दिनुहोस्