तीन सैनिक मारिएपछि भारतीय रक्षमन्त्रीले गरे सैन्य प्रमुखहरु र विदेशमन्त्रीसँग छलफल

बिएल संवाददाता

नयाँ दिल्ली

चीनसँगको झडपमा आफ्नो तीन सैनिक मारिएपछि भारतीय रक्षमन्त्री राजनाथ सिंहले सैन्य प्रमुखहरु तथा विदेशमन्त्रीसँग बैठक गरेका छन्।

मन्त्री सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत र जल, थल तथा वायु तीनै सेनाका प्रमुख र विदेशमन्त्री डा.एस जयशंकरसँग छलफल गरेका हुन्।

गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा सोमबार राति झडप भएको छ।झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको छ।  भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

१९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने  चिनियाँ सैनिकमा पनि हताहती भएको थियो। १९७५ यता भने दुई देशका सैनिकहरूले एकअर्काको ज्यान लिएका थिएनन्। 

घटनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटनाबारे जानकारी दिन अहिले  २ बजे पत्रकार सम्मेलन गर्दैछ। 

प्रकाशित मिति: : 2020-06-16 14:51:22

प्रतिकृया दिनुहोस्