नदिजन्य वस्तु उत्खनन रोक्न निर्देशन

नदीजन्य वस्तु उत्खनन अनुगमन समितिले अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन तत्काल रोक्न निर्देशन गरेको छ।

 जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले बोलपत्र आह्वान गरेर मात्र नदीजन्य वस्तुको उत्खनन गर्न निर्देशन दिएको हो। 

जिसिसका उपप्रमुख कार्मा बुढाका अनुसार पातारासी गाउँपालिका जवा नदी क्षेत्रको अनुगमनका क्रममा नदीजन्य वस्तुको उत्खनन भएर ओसारपसार चलिरहेको भेटिएपछि तत्काल रोक्न निर्देशन दिइएको हो। 

जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमध्ये तातोेपानी, पातारासी र हिमा गाउँपालिकाले मात्र आइइई गरेका छन्। जुम्लाका सबै नदीमा भइरहेको उत्खननको अनुगमन गरेर आवश्यक निर्देशन जारी गर्ने तयारी भइरहेको अनुगमन समितिका प्रमुख सार्कीको भनाइ छ। 'जिल्लाका हिमा, तिला र जवा नदीमा गिट्टीबालुवाको अवैध रुपमा उत्खनन भइरहेको छ' उनले भने।
 

प्रकाशित मिति: : 2020-06-16 13:36:37

प्रतिकृया दिनुहोस्