गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन्। 

तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन्। अरु सबै १७ जना पुरुष छन्। 

गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन्।

स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन्।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा संक्रमण भेटिएको हो।

कोरोना संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दैआएका थिए। संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. शर्माले बताएका छन्।

 योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-16 07:56:47

प्रतिकृया दिनुहोस्