डोटीको बडीकेदार गाउँपालिका ३, सुनालेकमा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका ४० वर्षीय डबल पुनमगर र उनका १४ वर्षीय छोरा धिरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाको वडा नं. ३ घाङलमा खाद्य सामग्री पुर्याएर फर्किँदै गरेको से१ख १२६२ नं. को मिनिट्रक दुर्घटना भएकाे हाे।
दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्। ट्रक चालक श्यामलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक लालबहादुर बोहरा नेतृत्वको टोली घटनास्थलतर्फ गइसकेको छ।
घटनाको कारण खुल्न सकेको छैन।