पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो, एक अझै बेपत्ता

पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ। अझै एक जना बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी ९ घर भइ माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा ३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन्।

थप एक जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।  पहिरोमा पुरिएर हराइरहेका १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छन्।

९ जनाको शवलाई भने पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ।

शनिबार अविरल परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेको थियो। त्यसक्रममा १० जना पुरिएका थिए।

पहिरोबाट बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ। उनीहरुको पुख्र्यौली बसोबास सोही गाउँको ढकालवारीमा थियो। सो स्थानमा समेत पहिरो र बाढीको समस्या भएपछि पाँच वर्षअघि मात्र जग्गा किनेर काउलेमा आएका थिए। 
 

प्रकाशित मिति: : 2020-06-15 08:53:56

प्रतिकृया दिनुहोस्