नेपालमा व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप २१ दिन लम्बियाे, उद्धारकाे काम जारी रहने 

 नेपालमा व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप २१ दिन लम्बिएको छ। 

मन्त्रिपरिषद्को निर्णयअनुसार लम्बिएको प्रतिवन्धबारे नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार सेवा प्रदायक कम्पनी, यात्रु तथा सरोकारवालालाई सूचित गरेको हो। यसअघि ३२ जेठसम्म रहेको प्रतिवन्ध अब २१ असारसम्म पुगेको छ।

तर यसबीचमा विदेशबाट नेपालीको उद्धारको काम हुनेछ। उद्धार उडान, मेडिकल प्रयोजनका लागि हुने उडान, कार्गो उडान तथा अन्य अनुमति लिएर हुने विशेष उडानहरुले भने अनुमति पाउने छन्।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ११ चैतपछि लकडाउन शुरु गरेकाे थियाे।

त्यसपछि सबै प्रकारको व्यवसायिक हवाई उडानमाथि पनि प्रतिवन्ध लाग्दै आएको छ।

प्रकाशित मिति: : 2020-06-14 20:06:35

प्रतिकृया दिनुहोस्