चौरजहारी हत्याकाण्ड: पीडित किशोरी र उनका बुबाआमासहित ३४ जनाविरुद्ध मुद्दा

बिएल संवाददाता

पश्चिम रुकुम

पश्चिम रुकुमको चौरजहारी हत्याकाण्डमा संग्लगन रहेको आरोपमा परिवारका चारसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको छ।  

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार पीडित किशोरी, उनका बुबाआमा र दाजुसहित ३४ जनाविरुद्ध कर्तव्यज्यानमा मुद्दा दर्ता गरेको हो।

मुद्दा दायर गरिएकामा वडाध्यक्ष रेशमबहादुर मल्ल र उनका भाइ डम्बरबहादुर मल्लसमेत छन्। त्यस्तै, अर्को एकै परिवारका बुबाआमासमेत छ ६जनाको ज्यान गएको उक्त घटनामा प्रतिवादी बनाइएका छन्।

३४ जनालाई नै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको छ।

प्रतिवादी बनाइएकामध्ये पाँच जना भने अझै फरार छन्। मारिएका सबै ६ जनालाई गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ वर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ वर्षीय युवतीलाई भगाएर ल्याउन १९ जना युवाहरु लिएर जेठ १० गते सोती पुगेका थिए। साँझतिर सोती पुगेका उनीहरुलाई गाउँलेले लखेटेका थिए।

प्रकाशित मिति: : 2020-06-14 19:54:19

प्रतिकृया दिनुहोस्