बाहिरबाट आउँदैमा कोरोना परीक्षण गर्न बाध्य नपार्नूः स्वास्थ्य मन्त्रालय

सरकारले लकडाउन खुकुलो बनाएसँगै एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्तिलाई कोरोना परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेको छ।

लकडाउन खुकुलो भएपछि घरबाट काठमाडौं र अन्य जिल्लामा काममा फर्किने मानिसको संख्या बढेसँगै त्यस्ता मानिसलाई स्थानीय तह, घरधनीहरुले कोरोना परीक्षण गराउन बाध्य पार्ने गरेका छन् ।

यसप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले जारी गरेको निर्देशिका विपरीत कोरोना परीक्षण हुन नसक्ने बताएको छ । उसले निर्देशिकाभन्दा बाहिर गएर कोरोना परीक्षण नगर्न प्रयोगशाला, स्वास्थ्यकर्मी र अस्पतालहरुलाई पनि आग्रह गरेको छ ।

‘बाहिर गएर आउँदा, यात्रा गर्दा संक्रमित हुने जोखिम हुन्छ नै त्यसो भनिरहँदा यात्रा गर्दा वा घरबाहिर गएर आउँदैमा परीक्षण गराइहाल्नुपर्छ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्प्यवस्था निर्देशिकामा छैन’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

प्रकाशित मिति: : 2020-06-14 17:14:28

प्रतिकृया दिनुहोस्