सरकारले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ।
उपत्यका प्रवेशका लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने निर्णय आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो।
नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्ने र जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ।
त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने गृह मन्त्रालले जनाएको छ।