राष्ट्रियसभा अध्यक्षद्वारा दुःख व्यक्त

राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लामा अविरल वर्षासँगै कुश्मा नगरपालिका–३ दुर्लुङ ढकलबारीमा शनिबार राति आएको पहिरोले पुरिँदा जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन्। 

आज विज्ञप्ति जारी गरी घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्। 

पहिरोमा परिवार गुमाउने तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना तथा जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीलाई अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2020-06-14 14:39:53

प्रतिकृया दिनुहोस्