एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै

एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज आइतबार बस्दै छ।

बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ। यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो।

तर पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ।

प्रकाशित मिति: : 2020-06-14 08:35:17

प्रतिकृया दिनुहोस्