फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप

फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच पेरिसमा प्रदर्शन भएको हो। 

शनिबार अपराहन्न झण्डै १५ हजार प्रदर्शनकारी मध्य पेरिसमा भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरुले ‘नो जस्टिस, नो पिस’ को नारा लगाए। 

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसक्रमममा प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको थियो। हाल कोरोना भाइरसको महामारीका कारण प्रतिबन्धित आन्दोलन नियन्त्रणमा लिन फ्रेन्च प्रहरीले प्रयास गरेको थियो।

अमेरिकामा जर्ज फ्लोइडको निधनपछि सुरु भएको रंगभेदी आन्दोलन ब्ल्याक लाइफ म्याटर्स अन्तर्गत नै फ्रान्समा पनि प्रदर्शन भइरहेको हो।

प्रदर्शनकारीले सन् २०१६ मा प्रहरी हिरासतमै मारिएका फ्रान्सेली अश्वेत व्यक्ति एडम ट्राओरीका लागि न्यायको माग गरेका थिए।

प्रकाशित मिति: : 2020-06-14 07:55:44

प्रतिकृया दिनुहोस्