राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन: देउवा

 प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने 

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको भन्दै सबैलाई धन्यवाद समेत दिए। 

‘सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेका छन्। यसबाट राष्ट्रिय हितका लागि, राष्ट्रको सार्वभौमसत्ता र मुलुकको अखण्डताका लागि एक छौँ भन्ने स्पष्ट भएको छ। सभामुख महोदयमार्फत म यहाँ उपस्थित सबै दलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु।’, देउवाले भने।

साथै उनले सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको पनि प्रष्ट पारे।

देउवाले सुगौली सन्धिदेखि नै काली नदी पूर्वको भूभाग रहेको भन्दै नेपाली भूभागहरु फिर्ता ल्याउनका लागि सरकारले गर्ने कूटनीतिक पहलमा कांग्रेसले साथ दिने देउवाले बताए।

‘सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ। अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ। चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ। कसैले महाकाली पनि भन्छन् तर हामी उता काली नै भन्छौं। नेपालीमा भन्दा त्यो काली नदी नै हो।’

प्रकाशित मिति: : 2020-06-13 14:48:49

प्रतिकृया दिनुहोस्