संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु हाेइन: प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु नभएको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजनीतिक र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान गर्न चाहेको बताए।

प्रचण्डले भने, ‘हामीले दुश्मनी चाहेका होइनौं, कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छौं ।’ उनले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको पनि बताएका छन्। 

उनले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको पनि बताए। प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’ प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको बताए ।

प्रकाशित मिति: : 2020-06-13 14:37:24

प्रतिकृया दिनुहोस्