दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा बृद्धि भएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४१ हजार ८२८ पुगेको छ।
योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या बेलायतमा भन्दा बढी भएको हो। बेलायतमा कोरोना भाइरसबाट ४१ हजार ५६६ जनाको ज्यान गएको छ।
तर संक्रमितको संख्यामा ब्राजिल यसअघि नै दोस्रो स्थानमा पुगेको थियो। ब्राजिलमा हालसम्म ८ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन्।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिका हो। अमेरिकामा २० लाख ४८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यसमध्ये एक लाख १४ हजार भन्दा बढीको ज्यान गएको छ।
विश्वभर हालसम्म ७६ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् र त्यसमध्ये चार लाख २५ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ।