कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। संविधान संशोधन विधेयक शनिबार संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ। सो बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन्।

नयाँ नक्सालाई नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदैछ। संविधान संशोधन विधेयक आजको संसद बैठकबाट पारित गर्ने कार्यसूची छ। 

हालसम्म संसदका सबै राजनीतिक दल संविधान संशोधनको पक्षमा उभिएका छन्। उनीहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरेका छन्।

प्रकाशित मिति: : 2020-06-13 12:22:13

प्रतिकृया दिनुहोस्