बाजुराको एक क्वारेन्टाइनमा रहेका युवक मृत फेला परेका छन्। बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टाइमा युवक मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईका अनुसार बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टाइमा माझिगाउँका ४५ वर्षीय युवक मृत फेला परेको हुन्।
मृतक ती युवा दुई दिन अगाडि मात्र भारतबाट आएर बसेका थिए।
घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए। उनले भने, ‘ उहाँको जसरी मृत्यु भएको छ त्यो हेर्दा आत्महत्या जस्तो देखिएको छ। तर थप अनुसन्धान नगरि केही भन्न सकिँदैन।’
उनका अनुसार अहिले उक्त क्वारेन्टाइनमा १६ जना रहेका छन्। मृतको स्वाब परीक्षण गर्ने काम भइरहेको उनले जानकारी दिए।