पर्वतमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ४ जनामा संक्रमित थपिएका हुन्।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका १० पिपलटारीका २, जलजला गाउँपालिका १ का १ र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन।
उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन्। यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ।
उनीहरु कुश्माकै पुलिङ क्वारेन्टाइनमा रहेका थिए।