काठमाडौं महानगरपालिका र स्थानीयले फुटपाथ पसलहरु हटाएका छन्। अव्यवस्थित रुपमा पसल राख्दा कोराेना भाइरको संक्रमण फैलन सक्ने
भन्दै महानगर प्रहरी, स्थानीयले शुक्रबार असन, इन्द्रचोक, बाङ्गेमुढा, क्षेत्रपाटीका फुटपाथ पसलहरु हटाइदिएका हुन्।
स्थानीयको सहयोगमा महानगर प्रहरीले दर्जनभन्दा बढी व्यापारीका लत्ताकपडा, तरकारी, फलफूल नियन्त्रणमा लिएको थियो। त्यसक्रममा दुवै पक्षबीच सामान खोसाखोस भएको थियो।
सरकारले खाद्यान्न लगायत अत्यावश्यकसहित केही व्यवसाय खुलाउने अनुमति दिएको छ। तर फुटपाथमा अव्यवस्थित रुपमा पसल राख्ने र सटरभन्दा बाहिर सामान बिक्री वितरणका लागि सजाएर राखिएको भन्दै उनीहरुले हटाइदिएका हुन्।