अमेरिकाले इराकमा पठाउँदै आएको सेनाको संख्यामा कटौती गर्ने

अमेरिकाले इराकमा पठाउँदै आएको सेनाको संख्यामा कटौती गर्ने भएको छ। 

बिहीबार अमेरिका र इराक सरकारद्वारा जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो।

इराकमा इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणका साथै अन्य आतंकवादी क्रियाकलापहरुको नियन्त्रणका लागि भन्दै अमेरिकाले विगतदेखि आफ्नाे सेना पठाउँदै आएको छ। तर आगामी दिनमा ती सैनिक संख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ। 

बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशन गरेर अमेरिकाले आगामी महिनादेखि नै इराकमा खटाइने सेनाको संख्यामा कटौती गरिने जनाएको छ। 

 उक्त वक्तव्यमा के कति मात्रामा संख्या घटाइने हो भन्ने विषयमा भने केही पनि बताइएको छैन। 

प्रकाशित मिति: : 2020-06-12 18:46:56

प्रतिकृया दिनुहोस्