दाङको पश्चिममा त्रिशूलले हानेर एक व्यक्तिको हत्या भएको छ ।
शुक्रबार बिहान बई गाउँपालिका ३ धनुमास निवासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४६ बर्षका नारायणप्रसाद डाँगीलाई फलामको त्रिशूलले हानेर हत्या गरेका हुन् ।
त्रिशूल प्रहारबाट गम्भीर घाइते भएका डाँगीको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यता त्रिशूल प्रहार गर्ने बालीरामले आफैलाई हँसिया प्रहार गर्दा गम्भीर घाइते भएका छन्। उनलाई नियन्त्रणमा लिएर उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लगिएको छ । बालिराम सुस्त मनस्थितिको भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।