कर्णालीमा थपिए ८३ संक्रमण

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट शुक्रबार थप ८३ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ। जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। 

प्रकाशित मिति: : 2020-06-12 16:16:35

प्रतिकृया दिनुहोस्