‘हे पुलिस साथी ! जनताको साथ दिने हो, भ्रष्ट्राचारी नेताकाे होइन’

 काठमाडौंको नक्सालमा बिहीबारको सरकार विरोधी प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै शुक्रबार बसन्तपुर दरबार क्षेत्रमा युवाहरु शान्तिपूर्ण प्रदर्शनमा सरिक भएकाहरु पक्राउ परेका छन्। 

शुक्रबार कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै बसन्तपुर दरबार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न गएका हेमराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेपनि अन्य सहभागीहरुले भने  सरकारले पीसीआर लागू नगरेको, क्वारेन्टाइनहरुमा मापदण्ड नअपनाएको, जनाताहरुका गुनासाहरुलाई बेवास्ता गरेको लगायतका विषयमा नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरु प्रदर्शनमा गरेका थिए। 

यता कीर्तिपुरमा भएको प्रदर्शनमा पनि प्रहरीले सहभागीमाथि दमन गरेको छ। प्रहरीले लकडाउनका बेला प्रदर्शन नपाउने गृह मन्त्रालयको निर्देशनको आधारमा पक्राउ गरेको जनाएको छ। 

यद्यपि केही प्रदर्शनकारीहरुले ‘हे ! पुलिस साथी जनताको साथ दिने हो, भ्रष्ट्राचारी नेताकाे होइन’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर प्रहरीकै विरोध गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-06-12 13:31:31

प्रतिकृया दिनुहोस्