गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-12 07:00:52

प्रतिकृया दिनुहोस्