चीनद्वारा कोरोना उत्पतिसम्बन्धी अमेरिकाले गरेको प्रारम्भिक अनुसन्धान अस्वीकार

चीनको विदेश मन्त्रालयले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोना भाइरस (कोभिड–१९)को उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ। 

अमेरिकी अनुसन्धाकर्ताहरुले कोरोना भाइरस  चिनियाँ शहर उहानबाट फैलिएको बताउँदै आएकाे छ। जहाँ सन् २०१९ अगष्टमै यसको पहिलो केश सामुन्ने आएकाे थियाे। उक्त अनुसन्धान हावर्ड विश्वविद्यालय र बोस्टन विश्वविद्यालयका विज्ञहरुद्वारा गरिएको थियो।

जुन अनुसन्धान उनीहरुले उतारेको तस्बिरहरुको आधारमा तयार पारिएको छ। जसमा उहानका अस्पतालका पार्किङ स्थलहरुलाई देखाइएको छ। अनुसन्धानको अर्को आधार चीनको सर्च इन्जिनलाई पनि बनाइएको छ।

 तर यता चीनको विदेश मन्त्रालयले भने यो अनुसन्धान बिल्कूल निराधार भएकाे प्रतिक्रिया दिएकाे छ। ‘त्यहाँ धेरै त्रुटीहरु छन्, यसको उद्देश्य चीनविरुद्ध नकारात्मक अवस्था सिर्जना गर्नु हो,’ मन्त्रालयले भनेको छ।

उक्त अनुसन्धानमा अमेरिकासँगै विश्वका अन्य केही देशहरुमा चीनले कोरोना महामारी कसरी फैलायो भन्ने आरोप समेत लगाइएको छ। तर उक्त दाबीबारे कुनै ठोस प्रमाण भने देखाउन सकेको छैन।

प्रकाशित मिति: : 2020-06-12 06:28:56

प्रतिकृया दिनुहोस्