आन्दोलन गर्नेलाई ६ महिनासम्म थुन्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ।

यो बन्दाबन्दीको आदेशविपरीत भएको भन्दै मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने स्मरण गराएको छ।

पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा धेरैको सहभागिता बढ्न थालेपछि गृहले यस्तो चेतावनी दिएको हो। बिहीबार पनि बालुवाटारमा दुई हजारभन्दा बढी मानिस जम्मा भएर प्रदर्शन गरेका थिए।


 

प्रकाशित मिति: : 2020-06-11 20:12:24

प्रतिकृया दिनुहोस्