रौतहटमा थप ५७ जनामा कारोनो संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केर रौतहटका विभिन्न नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरका अनुसार परोहा नगरपालिकामा ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजपुरमा ४, कटहरियामा १ र गढीमाईमा ३ जनामा संक्रमण देखिएको छ ।
बुधबार र बिहीबार जिल्लामा अहिलेसम्म ५३१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । तीमध्ये १ सय २ जना निको भएर घर फर्केका छन् ।
जिल्लामा पछिल्लो समय देखिएका अधिकाश संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।