कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै विराटनगरमा पनि प्रदर्शन भएको छ ।
प्रदर्शनमा युवाहरुले सरकारले कोरोना नियन्त्रणमा खर्च भएको १० अर्बकाे हिसाव पनि मागेका छन्। प्रदर्शनकारीले ‘१० अर्ब खोई?,’ ‘स्यानिटाइज आवर गभर्मेन्ट,’ ‘आरडीटी होइन पीसीआर परीक्षण,’ ‘सरकार कि जाग कि छाड’ आदि लेखिएको प्लेकार्ड बोकेका थिए ।
बिहीबार विराटगरको घोघापुल चोकबाट निस्किएको युवाहरुको र्याली मार्च पास गर्दै रोडशेषचोकस्थित मुख्यमन्त्री कार्यालय अगाडि पुगेर करिव २० मिनेट धर्नामा बसेको थियो ।
उनीहरुले राेडमै सुतेर कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरे ।
त्यसपछि पुन: मार्चपास गर्दै युवाहरु विराटनगर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।